दफा ३२
संगठित संस्था वा फर्मले गरेको कसूरको दायित्व
: (१) यो ऐन अन्तर्गतको कसूर कुनै संगठित संस्था वा फर्मले गरेमा सो कसूर गरेको समयमा फर्मको हकमा सो फर्मको हिस्सेदार र संगठित संस्था भए सो संस्थाको सञ्चालन गर्ने मुख्य प्रशासकीय अधिकारी
वा अधिकारीहरु कसूरदार ठहरी सजायको भागी हुनेछन्।
तर त्यस्तो हिस्सेदार वा सञ्चालन गर्ने मुख्य प्रशासकीय अधिकारी वा अधिकारीहरुले त्यस्तो कसूर हुन नदिन सकभर प्रयास गरेको वा त्यस्तो कसूर गरेको थाहा नभएको भनी प्रमाणित गरेमा सजायको भागी हुने छैन ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै संगठित संस्था वा फर्मले यो ऐन अन्तर्गतका कसूर गरेमा र त्यस्तो कसूर फर्मको हकमा सो फर्मको हिस्सेदार वा संगठित संस्था भए सो संस्थाको मुख्य प्रशासकीय अधिकारी वा अधिकारीहरुको स्वीकृति वा लापरवाहीले भएको भन्ने प्रमाणित भएमा त्यस्तो हिस्सेदार वा मुख्य प्रशासकीय अधिकारी वा अधिकारीहरुले कसूर गरेको मानी सजायको भागी हुनेछ ।